काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बम्पर लाभांश घोषणा गरेको छ ।
लघुवित्त संचालक समितिको पुस २६ गते बसेको बैठकले सेयरधनीलाई ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।