काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि पुस २७ गते बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र कम्पनीको लाभांश पाउने छन् ।
इन्स्योरेन्सले आर्थिक वर्ष गत २०७८/७९ को मुनाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद गरी कुल ६.३२ लाभांश प्रस्ताव गरेको छ ।
सो लाभांश पारित गर्न कम्पनीले माघ ९ गते वार्षिक साधारण सभा बोलाएको छ। होटल लि हिमालय, लाजिम्पाट, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ ।
साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।