हाइड्रो चम्किँदा नेप्सेमा उछाल, यी १३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । हाइड्रोपावर कम्पनीहरुको सेयर मूल्यमा उछाल आउँदा नेप्से उच्च अंकले बढेको हो ।

सूचकमा उछाल आए पनि आज कारोबार रकममा भने झिनो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १५ करोडले घटेर सवा ५ अर्बको सेयर किनबेच भएको छ ।

सोमबार नेप्से ४७.१५ अंकले बढेर २२११.३८ विन्दुमा पुगेको छ । यसदिन २५७ कम्पनीको ५ अर्ब ३१ करोड रुपैयाँ बढीको १ करोड ४६ लाख ७६ हजार २०६ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये होटल बाहेक अरु सबै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै ४.९४ प्रतिशतले बढेको छ ।

आज रिडी पावरको सर्वाधिक कारोबार भएको छ । यसको २० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, ङादी ग्रुप १७ करोड र एनआइसी एशिया बैंक साढे १६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

उच्च अंकले बढेको बजारमा आज एक दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । हिमालयन ऊर्जा, युनियन, सिंगटी हाइड्रोपावर र खप्तड लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, राधी विद्युत्, बाराही हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, हिमालयन पावर र पञ्चकन्यामाइ हाइड्रोपावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

लप्सीफेदीका स्थानीयका जायज माग पूरा गर्ने प्राधिकरणको प्रतिबद्धता, सबस्टेशन निर्माण अघि बढ्ने Read Previous

लप्सीफेदीका स्थानीयका जायज माग पूरा गर्ने प्राधिकरणको प्रतिबद्धता, सबस्टेशन निर्माण अघि बढ्ने

उपत्यकाका थप ४० स्थानमा ट्राफिक बत्ती जडान गर्न अध्ययन गर्दै विभाग Read Next

उपत्यकाका थप ४० स्थानमा ट्राफिक बत्ती जडान गर्न अध्ययन गर्दै विभाग