नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ । गत साता ११६ अंकले बढेको नेप्से यस साताको पहिलो दिन पनि दोहोरो अंकले बढेको छ ।

सूचकसँगै आज कारोबारमा पनि बढोत्तरी आएको छ । आज झन्डै साढे ५ अर्बको कारोबार भएको छ । यो पछिल्लाे ५ महिना यताकै धेरै हो ।

आइतबार नेप्से २०.६८ अंकले बढेर २१६४.६१ विन्दुमा पुगेको छ । यसदिन २५९ कम्पनीको ५ अर्ब ४५करोड रुपैयाँ बढीको १ करोड ४१ लाख ८१ हजार ९८८ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये बैंकिङ, माइक्रोफाइनान्स र अन्य बाहेक अरु सबैको परिसूचकमा हरियाली छाएको छ । होटल समूह सबैभन्दा धेरै ३.५८ प्रतिशतले बढेको छ ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको २१ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट १९ करोड र रिडी पावर १५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । खप्तड लघुवित्त र बाराही हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने ङादी ग्रुपका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, मनकामना स्मार्ट लघुवित्त र ग्लोबल आइएमइ सम्मुनत फण्डको सेयर मूल्य ९ प्रतिशतले बढेको छ । त्यस्तै, प्रभु लाइफ, आँधिखोला लघुवित्त, चन्द्रागिरी हिल्स, एनएलजी इन्स्योरेन्स र आदर्श लघुवित्तको सेयर मूल्य ८ प्रतिशतले बढेको छ ।

कच्चा तेलको भाउ १ वर्ष यताकै सस्तो, प्रतिब्यारेल कतिमा झर्‍यो ? Read Previous

कच्चा तेलको भाउ १ वर्ष यताकै सस्तो, प्रतिब्यारेल कतिमा झर्‍यो ?

पोखराको साराङकोटमा बन्द भएपछि अब मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ उडान हुने Read Next

पोखराको साराङकोटमा बन्द भएपछि अब मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ उडान हुने