कालिञ्चोक दर्शनले माघ ३ देखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ)  निष्काशन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ८ लाख ९६ हजार ४०० कित्ताका आइपीओ निष्काशन गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन्। उक्त आइपीओमा लगानीकर्ताले माघ ६ गतेसम्म आवेदन दिनु पर्नेछ । सो अवधिमा सबै सेयर विक्री नभएमा मात्र माघ १७ गतेसम्म आवेदन दिन पाइने छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित क्षेत्र दोलखाबासी, सामूहिक लगानी कोषका लागि आइपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। कम्पनीले आइपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्दछ।

 

जुत्ताचप्पल निर्यातको उच्च निर्यात सम्भावना, तर छैन सरकारी पहल Read Previous

जुत्ताचप्पल निर्यातको उच्च निर्यात सम्भावना, तर छैन सरकारी पहल

रेसुंगा विमानस्थलमा आज ‘डेमोस्ट्रेसन’ उडान गरिँदै Read Next

रेसुंगा विमानस्थलमा आज ‘डेमोस्ट्रेसन’ उडान गरिँदै