काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले हकप्रद निष्काशन गर्न अनुमति पाएको छ । एलआइसीलाई नेपाल बीमा प्राधिकरणले हाल कायम चुक्ता पूँजीको ८४.४५ प्रतिशत हकप्रद जारी गर्न स्वीकृति दिएको हो ।
प्राधिकरणबाट स्वीकृति पाएसँगै अब कम्पनीले हकप्रद सेयर जारी गर्न अब नेपाल धितोपत्र बोर्डबाड अनुमति लिनुपर्दछ ।
कम्पनी सञ्चालन समितिको भदौ १३ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको ८८.४५ प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव पारित गर्न कम्पनीले माघ ३ गते साधरण सभा बोलाएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको हो । हाल २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि ५ अर्ब रुपैयाँ पुग्नेछ ।