दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । प्रिमियर इन्स्योरेन्स र मेरो माइक्रोफाइनान्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।

दुवै कम्पनीले साधरण सभा प्रयोजनका लागि पुस २२ गते बुकक्लोज तोकेको छन् । सो अनुसार आजसम्म कायम रहने सेयरधनी मात्र कम्पनीको लाभांश पाउने छन् ।

प्रिमियरले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले पुस २९ वार्षिक साधारण सभा बोलाएको छ ।

त्यसैगरी, मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न माइक्रोफाइनान्सले माघ ६ वार्षिक साधारण सभा बोलाएको छ ।

दुवैै कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।

वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैंकले गर्‍यो ५९ कर्मचारीलाई सम्मान Read Previous

वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैंकले गर्‍यो ५९ कर्मचारीलाई सम्मान

दर्ता र नवीकरण नभएका क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको निर्देशन Read Next

दर्ता र नवीकरण नभएका क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको निर्देशन