नेप्सेमा झिनो करेक्शन, यी ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । यस साताको सुरुका दुई दिनमा ३५ अंकले बढेको नेप्सेमा आज झिनो करेक्शन आएको हो ।

सूचकमा झिनो गिरावट आएपनि कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४९ करोडले बढेर झन्डै साढे ३ अर्ब पुगेको छ ।

मंगलबार नेप्से ३.०३ अंकले घटेर २०६१.०६ विन्दुमा आइपुगेको छ । यसदिन २५७ कम्पनीको ३ अर्ब ४५ करोड रुपैयाँ बढीको ८२ लाख २२ हजार ८३३ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ४ उपसमूहको परिसूचकमा हरियाली छाएको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूह सबैभन्दा धेरै ३.१६ प्रतिशतले बढेको छ भने अन्य समूह १.७३ प्रतिशतले घटेको छ ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको ४३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एशिया बैंक साढे ९ करोड र शिवम् सिमेन्ट ९ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

झिनो अंकले घटेको बजारमा ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । श्वेतगंगा हाइड्रोपाव र धौलागिरी लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । त्यस्तै, अजोड इन्स्योरेन्स र खप्तड लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

विदेशबाट मोबाइल ल्याउँदा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्रीले फेरि दिए निर्देशन Read Previous

विदेशबाट मोबाइल ल्याउँदा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्रीले फेरि दिए निर्देशन

सचिवहरूलाई प्रधानमन्त्रीको ३० बुँदे निर्देशन, सेवाग्राहीलाई सास्ती दिए कारबाही गर्ने चेतावनी Read Next

सचिवहरूलाई प्रधानमन्त्रीको ३० बुँदे निर्देशन, सेवाग्राहीलाई सास्ती दिए कारबाही गर्ने चेतावनी