काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । शिवम् सिमेन्ट, हिमालयन डिस्ट्रीलरी, बोटलर्स नेपाल तराई, बोटलर्स नेपाल बालाजु, गुराँस लघुवित्त, साधना लघुवित्त, मिर्मिरे लघुवित्त र मुक्तिनाथ विकास बैंकको बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।
आठै कम्पनीले साधरण सभा प्रयोजनका लागि पुस २० गते बुकक्लोज तोकेको छन् । सो अनुसार आजसम्म कायम रहने सेयरधनी मात्र कम्पनीको लाभांश पाउने छन् ।
शिवम् सिमेन्टले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कर प्रयोजनसहित १०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले पुस २९ वार्षिक साधारण सभा बोलाएको छ ।
त्यसैगरी, हिमालयन डिस्ट्रीलरीले ७० प्रतिशत (६०% बोनस र १०% नगद), बोटलर्स नेपाल तराईले ६० प्रतिशत नगद र बोटलर्स नेपाल बालाजुले २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
त्यस्तै, साधना लघुवित्तले २० प्रतिशत (१९% बोनस र १% नगद), मिर्मिरे लघुवित्तले २३ प्रतिशत बोनस सेयर, गुराँस लघुवित्तले ४.२१ प्रतिशत (४% बोनस र ०.२१% नगद) र मुक्तिनाथ विकास बैंकले १४.२१ प्रतिशत (१३.५% बोनस र ०.७१% नगद) लाभांश प्रस्ताव गरेका छन् । यी सबै कम्पनीले पुसभित्रै साधरण सभा डाकेका छन् ।
सबै कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।