मेलम्चीको पानी वितरणका लागि दोस्रो चरणमा ७९६ किमी पाइप बिछ्याइँदै, लागत सवा ७ अर्ब

काठमाडौं । मेलम्चीको पानी राजधानीमा वितरण गर्न दोस्रो चरणमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले ७९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ ।

बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको ७९६ किमी वितरण सञ्जालमध्ये ४२७ किमीको काम सकिएको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिए । बाँकी काम पनि चालु आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तसम्म सकिने उनको भनाइ थियो ।

वितरण सञ्जालमा चार वटा निर्माण कम्पनीले काम गरिरहेका छन् । स्वयम्भू क्षेत्रमा शर्मा/रमा जेभी, बालुवाटार क्षेत्रमा धुम्/टिम्स्/कुमार/सीएभी/क्याब जेभीले काम गरिरहेको निर्देशनालयले जनाएको छ ।

यसैगरी मण्डिखाटार क्षेत्रमा टुँडी कन्स्ट्रक्सनले वितरण सञ्जाल निर्माणको काम गरिरहेको छ । कपन क्षेत्रमा भने लिपेल/शैलुङ जेभीले काम गरिरहेको छ । रु ७ अर्ब ३६ करोड ३ लाख ८४ हजारको लागतमा दोस्रो चरणको ७९६ किमी वितरण सञ्जालको काम भइरहेको हो ।

निर्देशनालयले पहिलो चरणमा १ हजार १० किमी वितरण सञ्जाल निर्माण गरिसकेको छ । त्यसमध्ये ५३२ किमी वितरण सञ्जालमा मेलम्चीको पानी परीक्षण भइसकेको छ । पहिलो चरणमा निर्माण भइसकेको क्षेत्रमा पनि पानी परीक्षणको काम भइरहेको छ ।

सम्पर्कमा छैनन् काठमाडौंका ३०० बढी सहकारी, सञ्चालकविरुद्ध उजुरीको चाङ Read Previous

सम्पर्कमा छैनन् काठमाडौंका ३०० बढी सहकारी, सञ्चालकविरुद्ध उजुरीको चाङ

भक्तपुर दरबार स्कवायरमा विदेशीका लागि प्रवेश शुल्क समायोजन Read Next

भक्तपुर दरबार स्कवायरमा विदेशीका लागि प्रवेश शुल्क समायोजन