नबिललाई उछिन्दै एनआइसी एशिया बन्यो सबैभन्दा महँगो सेयर मूल्य हुने बैंक

nabil vs nica

काठमाडौं । एनआइसी एशिया बैंक नेपाली सेयर बजारमा सबैभन्दा महँगो सेयर मूल्य हुने वाणिज्य बैंक बनेको छ । नबिल बैंकलाई उछिन्दै एनआइसी सबैभन्दा धेरै सेयर मूल्य हुने बैंक बनेको हो ।

नबिलले गत वर्षको नाफाबाट घोषणा गरेको १८.५ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएपछि सेयर मूल्यका आधारमा एनआइसीभन्दा पछि परेको हो ।

सोमबार (११:१० बजे)सम्म नबिल बैंकको सेयर मूल्य प्रतिकित्ता ७३१ रुपैयाँ रहेको छ भने एनआइसीको ७ रुपैयाँ बढी अर्थात् ७३८ रुपैयाँ रहेको छ । यो नेप्सेमा सूचीकृत २५ वटा वाणिज्य बैंक मध्ये सबैभन्दा धेरै हो ।

पछिल्लो एक सातायता एनआइसीको सेयर मूल्य ह्वात्तै बढेको छ । एक हप्ताको अवधिमा एनआइसीको सेयर मूल्य प्रतिकित्ता ६० रुपैयाँभन्दा धेरैले बढेको छ ।

वर्षेनी बम्पर लाभांश दिँदै आएको नबिल बैंकको सेयर संख्या बढेसँगै पछिल्ला वर्षहरुमा सेयर मूल्य बढ्न सकेको छैन । एनआइसी एशियाले भने विगत २ वर्षदेखि सेयरधनीलाई कुनै लाभांश दिएको छैन ।

हाल नेप्सेमा नबिलको २७ करोड ५ लाख कित्ता सेयर सूचीकृत छ भने एनआइसीको ११ करोड ५६ लाख कित्ता मात्र सूचीकृत । कर्जा, निक्षेप, खुद नाफा लगायत अधिकांश सूचकमा एनआइसी र नबिलको टक्कर रहँदै आएको छ ।

आइएमई पे एप अब नेपाली भाषामा Read Previous

आइएमई पे एप अब नेपाली भाषामा

सम्पर्कमा छैनन् काठमाडौंका ३०० बढी सहकारी, सञ्चालकविरुद्ध उजुरीको चाङ Read Next

सम्पर्कमा छैनन् काठमाडौंका ३०० बढी सहकारी, सञ्चालकविरुद्ध उजुरीको चाङ