विष्णु पौडेल अर्थमन्त्री बन्ने भएपछि सेयर बजारमा उछाल

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । लामो समयदेखि ओरालो लागेको नेप्से आज नयाँ सरकार बनेसँगै उछाल आएको हो ।

नयाँ अर्थमन्त्री विष्णु पौडेल बन्ने भएसँगै लगानीकर्ता उत्साहित हुँदा नेप्सेले छलाङ मारेको हो ।नेकपा एमालेले उपाध्यक्ष पौडेललाई उपप्रधान तथा अर्थमन्त्रीमा पठाउने भएको छ ।

पौडेल विगतमा पनि सेयर बजारमैत्री अर्थमन्त्रीका रुपमा चिनिएका थिए । नेप्सले यसअघि २०७३ र २०७८ मा अल टाइम हाइको रेकर्ड बनाउँदा पौडेल नै अर्थमन्त्री थिए ।

सूचकसँगै आज कारोबार रकममा भनि ठूलो बढोत्तरी आएको छ । औसतमा दैनिक १ अर्ब हाराहारी कारोबार हुँदै आएकोमा आज २ अर्ब ९ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

सोमबार नेप्से ५६.८८ अंकले बढेर १९२४.०९ विन्दुमा पुगेको छ । यसदिन २५० कम्पनीको २ अर्ब ९ करोड रुपैयाँ बढीको ५६ लाख ५३ हजार ५३ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये अन्य समूह बाहेक अरु सबै उपसमूह्को परिसूचकमा हरियाली छाएको छ । फाइनान्स उपसमूह सबैभन्दा धेरै ६.५२ प्रतिशतले घटेको छ ।

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको पौने २१ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिस्ट्रीलरीको ११ करोड र नबिल बैंक ९ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

उच्च अंकले बढेको बजारमा झन्डै १ दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । गोर्खा फाइनान्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, श्रृजनशील लघुवित्त, रिलायन्स फाइनान्स, हिमालयन पावर, घलेम्दी हाइड्रो, शिवश्री हाइड्रो, बुद्धभूमि नेपाल, युनियन हाइड्रोपावर लगायत कम्प्नीको सेयर मूल्य कपनि करिब १० प्रतिशतले बढेको छ ।

भारतले ८ किलोमिटर रेलमार्ग नेपाललाई हस्तान्तरण गर्दै Read Previous

भारतले ८ किलोमिटर रेलमार्ग नेपाललाई हस्तान्तरण गर्दै

चिलिमे-त्रिशूली प्रसारण लाइन निर्माण ७० प्रतिशत पूरा, चैतभित्रै सक्ने लक्ष्य Read Next

चिलिमे-त्रिशूली प्रसारण लाइन निर्माण ७० प्रतिशत पूरा, चैतभित्रै सक्ने लक्ष्य