काठमाडौं । साइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
बैंकले साधरण सभा प्रयोजनका लागि पुस १२ गते बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र कम्पनीको लाभांश पाउने छन् ।
बैंकले आर्थिक वर्ष गत २०७८/७९ को मुनाफाबाट १३.३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.७ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
बैंकले सो लाभांश पारित गर्न पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ। बैंकको सभा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एन्ड प्रालि मणिग्राम, रुपन्देहीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
बैंकको साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।