नेपाल भ्रमण वर्ष २०२० को ब्राण्डिङ सुरु

काठमाडौं । नेपालको कला, संस्कृति, पहिचान र शैली झल्कने गरि तस्विर र चित्रमा आधारित रहेर तयार गरिएको नेपाल भ्रमण वर्ष २०२० लोगो सार्वजनिक गरिएको छ ।

 

भ्रमण वर्ष २०२०का राष्ट्रिय संयोजक सुरज वैद्यलेका अनुसार हाम्रो संस्कृति, परम्परा र जीवन शैलीलाई लोगोमा दिइएको रातो र पहेँलो रंगले प्रतिबिम्बित गर्ने जानकारी दिए ।

 

‘यसमा दिइएको पहेँलो रंगले ज्ञान र अध्ययनलाई संकेत गर्छ भने हाम्रा विभिन्न मन्दिर र गुम्बामा यसको प्रयोग भएको छ । साथै, रातो रंगले प्रेमलाई संकेत गर्छ’ बैद्यले भने ।

भ्रमण वर्ष २०२०को ब्राण्डिङको जिम्मेवारी भने ‘इमेज आर्क’ कम्पनीले तयार गरेको हो ।

 

ब्राण्डिङ बारे बोल्दै कम्पनीकी संस्थापक मार्यान्स होमग्रन सिल्भाले भ्रमण वर्षको लागि तयार पारिएको ब्राण्डिङमा रंगको सहायतले नेपालको पूर्ण परिचय झल्कने बताईन् ।

 

उनले देशका बस विसौनी, पर्यटक यातायात, सार्वजनिक यातायात, ध्वजावाहक, दैनिक प्रयोग गरिने रिसाइकल ब्याग, नक्शा किताब, पहिरन लगायतमा प्रयोग गरिनेछ बताईन् ।

प्रकृति, संस्कृति र धार्मिकताको आकर्षण संगम स्वर्गद्वारी Read Previous

प्रकृति, संस्कृति र धार्मिकताको आकर्षण संगम स्वर्गद्वारी

तोकिएको मितिमा पाँच स्थानीय तहले गाउँसभा गर्न सकेनन् Read Next

तोकिएको मितिमा पाँच स्थानीय तहले गाउँसभा गर्न सकेनन्