३ कम्पनीको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले ३ कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले गरिमा विकास बैंक, नेपाल इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको हो ।

तीनै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ८ गते बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

गरिमाको आव २०७८/७९ को नाफाबाट वितरण गर्ने १३ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि कम्पनीको नयाँ सेयरमूल्य ३३०.९७ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, नेपाल इन्स्योरेन्सले गत वर्षको नाफाबाट वितरण गर्ने ८ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको सेयर मूल्य ३८७.९६ रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, प्राइम लाइफले वितरण गर्ने १३ प्रतिशत बोनस सेयरका आधारमा सेयर मूल्य समायोजन गरिएको हो । प्राइमको नयाँ मूल्य ५०३.५४ रुपैयाँ निर्धारण गरिएको छ ।

यही समायोजित मूल्यका आधारमा आइतबार तीनै कम्पनीको दोस्रो बजारमा सेयर कारोबार खुल्नेछ।

मोलुङ हाइड्रोपावरले पुस १९ गतेदेखि आइपीओ जारी गर्ने Read Previous

मोलुङ हाइड्रोपावरले पुस १९ गतेदेखि आइपीओ जारी गर्ने

तीन वटै अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ निगमले गर्ने, हिमालयबाट खोसियो Read Next

तीन वटै अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ निगमले गर्ने, हिमालयबाट खोसियो