काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सोल्टी होटल र पाँचथर पावरको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।
दुवै कम्पनीले साधरण सभा प्रयोजनका लागि पुस ७ गते बुकक्लोज तोकेको छन् । सो अनुसार आजसम्म कायम रहने सेयरधनी मात्र कम्पनीको लाभांश पाउने छन् ।
सोल्टी होटलले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २१.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
सोल्टीले सो लाभांश पारित गर्न पुस २८ वार्षिक साधारण सभा बोलाएको हो । सभा, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
त्यसैगरी, पाँचथर पावरले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कर प्रयोजनसहित ७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।उत्तल लाभांश पारित गर्न पाँचथरले पुस २८ वार्षिक साधारण सभा बोलाएको छ ।
दुवै कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।