मुक्तिनाथ र महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत दुई विकास बैंकले लभांश घोषणा गरेका छन् । आइतबार मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेका हुन् ।

मुक्तिनाथ बैंक संचालक समितिको पुस १ गते बसेको बैठकले सेयरधनीलाई१३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.७१ प्रतिशत नगद गरी कुल १४.२१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

त्यसैगरी, महालक्ष्मी विकास बैंक संचालक समितिको पुस १ गते बसेको बैठकले ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.४७ प्रतिशत नगद गरी कुल १०.४७ प्रतिश लाभांश दिने घोषणा गरेको हो ।

दुवै बैंकको प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

चितवनमा दुई चार्जिङ स्टेशन सञ्चालनमा, मुग्लिनमा अन्तिम चरणमा Read Previous

चितवनमा दुई चार्जिङ स्टेशन सञ्चालनमा, मुग्लिनमा अन्तिम चरणमा

टरिगाउँ विमानस्थलमा अब साताको ५ उडान हुने Read Next

टरिगाउँ विमानस्थलमा अब साताको ५ उडान हुने