नेप्सेमा झिनो गिरावट, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा झिनो गिरावट आएको छ । दिन भर घटबढ भइरहेको नेप्से अन्त्यमा २ अंकले घटेर बन्द भएको हो ।

सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५ करोडले घटेर ७२ करोडमा सीमित भएको छ ।

बुधबार नेप्से २.६२ अंकले घटेर १८९७.०८ विन्दुमा आइपुगेको छ । यसदिन २४६ कम्पनीको ७२ करोड ७८लाख रुपैयाँ बढीको २० लाख ८७ हजार ८७६ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ समूहको परिसूचक बढेको छ भने ८ समूहको राताम्मे भएको छ । सामूहिक लगानी कोष समूह सबैभन्दा धेरै ०.९४ प्रतिशतले घटेको छ ।

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको ५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, कृषि विकास बैंक पौने ५ करोड र नबिल बैंक ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

झिनो अंकले घटेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सीवाइर्सी लघुवित्त र इस्टर्न हाइड्रोपावरका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

'अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकार र निजी क्षेत्र एकसाथ अघि बढ्नुपर्छ’ Read Previous

'अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकार र निजी क्षेत्र एकसाथ अघि बढ्नुपर्छ’

म्याद सकिएको डेढ वर्षमा पनि बनेन काठमाडौं भ्यू टावर, अझै ३०% काम बाँकी Read Next

म्याद सकिएको डेढ वर्षमा पनि बनेन काठमाडौं भ्यू टावर, अझै ३०% काम बाँकी