काठमाडौं । स्थानीयको विरोधका कारण जोरपाटी-साँखु सडक खण्डमा सवारी आवत जावत बन्द भएको छ । थलीका स्थानीयले सडक कालोपत्र माग गर्दै अबरुद्ध पारेका हुन् ।
स्थानीय बासिन्दाले आज बिहानैदेखि सडक बन्द गराएका हुन् । यसअघि पनि स्थानीयले सडक निर्माणको माग गर्दै पटक पटक आन्दोलन गर्दै आएका थिए । सडक मर्मत कालोपत्र नभएसम्म आन्दोलनलाई निरन्तरता दिने स्थानीयले बताएका छन् ।
स्थानीयको अवरोधका कारण थलीको सडक बन्द भएपछि वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । सो रुट हुँदै आवतजावत गर्ने सवारीलाई मूलपानीबाट ब्रह्मखेल, डाँछीबाट सुन्दरीजल-गोकर्ण हुँदै जोरपाटीकाे वैकल्पिक बाटो प्रयोग गर्न ट्राफिकले आग्रह गरेको छ ।
जोरपाटी–साँखु सडक विस्तार सुरु भएको ७ वर्ष बिते पनि अझै सम्पन्न हुन सकेको छैन ।