काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । सोमबारदेखि लगातार ओरालो लागेको नेप्सले आफ्नो सोही लय कायम राखेको हो । तीन दिनमै नेप्से परिसूचक ४४ अंकले घटेको छ ।
सूचकमा गिरावट आए पनि आज कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७९ करोडले बढेर डेड अर्ब नाघेको छ ।
बार नेप्से १६.६१ अंकले घटेर १९१७.२८ विन्दुमा आइपुगेको छ । यसदिन २४६ कम्पनीको १ अर्ब ६५ करोड रुपैयाँ बढीको ८० लाख ९२ हजार ७१९ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये होटल समूह बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै १.२७ प्रतिशतले घटेको छ ।
आज शिवम् सिमेन्ट प्रमोटर सेयरको सर्वाधिक कारोबार भएको छ । यसको ६७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम्को साधरण सेयर साढे १३ करोड र नबिल बैंक साढे ४ ५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
घट्दो बजारमा आज नाडेप लघुवित्तको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । झन्डै २ वर्षपछि कारोबारमा आएको नाडेपको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ ।
त्यसैगरी, ग्लोबल आइएमई बैंक ९.२९, शिवम् सिमेन्ट र नारायणी विकास बैंक ४.८६, साधना, आरएसडीसी र स्वाभिमान लघुवित्तको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।