मोलुङ हाइड्रोपावरले पायो आइपीओ जारी गर्न अनुमति

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई मंसिर १५ गते आइपीओ जारी गर्न अनुमति दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँदरले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता आइपीओ जारी गर्न अनुमति पाएको हो ।

कम्पनीले उक्त सेयर आयोजना प्रभावित क्षेत्रका वासिन्दा र सर्वसाधरणका लागि जारी गर्नेछ ।

कम्पनीले यसअघि नै आइपीओ जारी गर्न सनराइज क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

ट्रम्प अर्गनाइजेसन करछलीको मुद्दामा दोषी ठहर, डोनल्ड ट्रम्पलाई कस्तो पर्छ असर ?   Read Previous

ट्रम्प अर्गनाइजेसन करछलीको मुद्दामा दोषी ठहर, डोनल्ड ट्रम्पलाई कस्तो पर्छ असर ?  

कच्चा तेलको भाउ ११ महिना यताकै सस्तो, नेपालमा कस्तो पर्छ असर ? Read Next

कच्चा तेलको भाउ ११ महिना यताकै सस्तो, नेपालमा कस्तो पर्छ असर ?