काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।
कम्पनी संचालक समितिको मंसिर २० गते बसेको बैठकले सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २२ गते २६ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।
कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस ३ गते बुकक्लोज तोकेको छ । सो अनुसार पुस २ गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन् ।