इन्भेष्टमेन्ट बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

बैंकले साधरण सभा प्रयोजनका लागि मंसिर २१ गतेदेखि २६ गतेसम्म बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनी मात्र कम्पनीको लाभांश पाउने छन् ।

कम्पनीले आर्थिक वर्ष गत २०७८/७९ को मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बैंकले सो लाभांश पारित गर्न पुस ७ गते ३६ औं वार्षिक साधारण सभा बोलाएको हो । बैंकको सभा काठमाडौं, कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजे सुरु हुनेछ ।

बैंकको साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।

सुपर मादी हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ? Read Previous

सुपर मादी हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

हेटौंडा सिमेन्ट उत्पादन हुन अझै एक हप्ता लाग्ने Read Next

हेटौंडा सिमेन्ट उत्पादन हुन अझै एक हप्ता लाग्ने