१३ बैंकको लाभांश घोषणा : ५ बैंकको सेयर किन्दा अझै पाइन्छ लाभांश, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत २५ वाणिज्य बैंकमध्ये हालसम्म १३ बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेका हुन् ।

सेमबार (मंसिर १९ गते)सम्म स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, ग्लोबल आइएमई, सानिमा, एनसीसी, बैंक अफ काठमाण्डू, कुमारी, सिटिजन्स, प्रभु, नेपाल एसबीआई, सेन्चुरी, नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले लाभांशको प्रस्ताव गरेका हुन् ।

१३ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश बैंक अफ काठमाण्डूको छ । बैंकले सेयरधनीलाई कुल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी सबैभन्दा कम सेञ्चुरी कमर्शियलले ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

बैंकहरुको लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन् ।

लाभांश घोषणा गरेका १३ वाणिज्य बैंकमध्ये ८ बैंकको बुकक्लोज समेत भइसकेको छ भने एनसीसी, कुमारी, सिटिजन्स बैंकको साधरण सभा समेत सम्पन्न भइसकेको छ ।

५ बैंकको बुक क्लोज हुन बाँकी छ । सेञ्चुरी, नेपाल एसबीआई, प्रभु, नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको साधरण सभा प्रयोजनका लागि बुकक्लोज हुन बाँकी छ । तसर्थ, यी बैंकको सेयर किन्दा अझै प्रस्तावित लाभांश पाइन्छ ।

चौधरी ग्रुपको मध्यमोदी जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरू Read Previous

चौधरी ग्रुपको मध्यमोदी जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरू

सुपर मादी हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ? Read Next

सुपर मादी हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?