काठमाडौं । नेशनल हाइड्रोपावरको नाफामा उच्च गिरावट आएको छ । विद्युत् विक्रीबाट प्राप्त हुने आम्दानी साढे ४ गुणाले बढे पनि खुद नाफा ९८.८४ प्रतिशतले घटेको छ ।
कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ६८ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ५८ करोड कम हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ५८ करोड ७४ लाख रुपैयाँ कमाएको थियो
आम्दानी र संचालन नाफा बढे पनि कम्पनीको वित्तीय खर्च बढ्दा नाफामा असर पुगेको हो । समीक्षा अवधिमा कम्पनीको विद्युत् विक्रीबाट प्राप्त हुने आम्दानी ३६८.६८ प्रतिशत बढेर ६ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।
हाल १ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ २ करोड ३८ लाख रुपैयाँ संचित छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी पनि १.९६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०१.३६ रुपैयाँ छ ।
कम्पनीले गत वर्ष सुनकोशी हाइड्रोपावरलाई प्राप्त गरी असोज १४ देखि एकीकृत कारोबार गरेको थियो । कम्पनीले हाल ४.५ मेगावाटको तल्लो इन्द्रावती जलविद्युत् आयोजना निर्माण गर्ने तयारीमा छ ।