बाराही हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले कात्तिक ४ गतेदेखि आयोजना प्रभावित क्षेत्र बाग्लुङबासीका लागि आइपीओ विक्रीमा ल्याएको आइपीओ भर्ने आज अन्तिम दिन हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २ करोड ५० लाख रुपैययाँ बराबरको २ लाख ५० हजार कित्ता सेयर विक्रीमा ल्याएको हो ।

उक्त आइपीओमा जिल्लाका जैमिनी नगरपालिकाको वडा नं. १, ४ र ५ (साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस) तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । लगानीकर्ताले एनएमबी बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

साथै, नेपाल धितोपत्र बोर्डबाट अनुाति प्राप्त सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका ताकिएका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ बी माइनस’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

 

पिपुल्स हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ? Read Previous

पिपुल्स हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

ज्योति लाइफको नाफा झन्डै साढे २ गुणाले वृद्धि, प्रतिसेयर आम्दानी कति ? Read Next

ज्योति लाइफको नाफा झन्डै साढे २ गुणाले वृद्धि, प्रतिसेयर आम्दानी कति ?