सेयर बजारमा करेक्शन, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । आइतबार एकैदिन ४३ अंकले बढेको नेप्सेमा आज सामान्य करेक्शन आएको हो ।

सूचकमा गिरावट आए पनि कारोबार रकममा भने बढोत्तरुी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५६ करोड बढेर २ अर्ब नाघेको छ ।

साेमबार नेप्से ६.४३ अंकले घटेर १९५८.९४ विन्दुमा आइपुगेको छ । यसदिन २२४ कम्पनीको २ अर्ब १० करोड रुपैयाँ बढीको ४९ लाख ४४ हजार ७६ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ समूहको परिसूचकमा हरियाली छाएको छ भने ८ समूहको घटेको छ । सामूहकि लगानी कोष समूह १ प्रतिशतले बढेको छ भने विकास बैंक, उत्पादनमूलक र निर्जीवन बीमा समूह १ प्रतिशतले घटेको छ ।

आज जाल्पा सामुदायिक लघुवित्तको सर्वाधिक कारोबार भएको छ । यसको १५ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट ११ करोड र नेष्डो समृद्धि लघुवित्तको १० करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

सामान्य अंकले घटेको बजारमा आज ग्लेबल आइएमई लघुवित्तका सेयरधनीले सर्वाधिक ५.७३ प्रतिशत गुमाएका छन् । त्यस्तै, सपोर्ट माइक्रफाइनान्स ५.६६, आशा लघुवित्त, एनआइसी एशिया लघुवित्त र शिवम् सिमेन्टको सेयर मूल्य ४ प्रतिशतले घटेको छ ।

नेपालबाट नयाँ दिल्लीसम्म  एसी बस सेवा सञ्चालन, भाडादर कति ? Read Previous

नेपालबाट नयाँ दिल्लीसम्म एसी बस सेवा सञ्चालन, भाडादर कति ?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर १४ गते 'क्यालिब्रेसन फ्लाइट', एरो थाईको जहाज ल्याइने Read Next

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर १४ गते 'क्यालिब्रेसन फ्लाइट', एरो थाईको जहाज ल्याइने