अर्थशास्त्रतर्फको नोबेल पुरस्कार : गरिबी निवारण विधि विकास गर्ने ३ जना अर्थशास्त्रीलाई

काठमाडौं । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जनाले संयुक्त रुपमा पाएका छन् । नोबेल पुरस्कार कमिटीले आज एक कार्यक्रम आयोजना गरी अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गर्नेहरुको नाम सार्वजनिक गरेको हो।

 

गरिबी निवारणका विषयमा अध्ययनका लागि तीन जना अर्थशास्त्रीहरू अभिजीत बनर्जी, एस्तर डफ्लो र माइकल क्रेमरलाई यस वर्षको नोबेल पुरस्कार प्रदान गरिनेछ।

 

यी तीन अर्थशास्त्रीले संसारबाट गरिबी हटाउनका लागि परीक्षण विधिको विकास गरेका थिए । त्यसैका लागि उनीहरुलाई यो सम्मान दिइएको हो ।

 

पछिल्लो दुई दशकमा उनीहरुले विकास गरेको विधि गरिबी हटाउनका लागि निकै महत्त्वपूर्ण साबित भएको बताइएको छ ।

पेट्रोलियम अन्वेषणको दोस्रो चरणको काम शुरु हुँदै, ५ किलोमिटर मुनिसम्म ड्रिलिङ गरिने Read Previous

पेट्रोलियम अन्वेषणको दोस्रो चरणको काम शुरु हुँदै, ५ किलोमिटर मुनिसम्म ड्रिलिङ गरिने

पछिल्लो दुई महिनामा वैदेशिक लगानीका ७० उद्योग दर्ता हुँदा ६३ वटा चिनियाँ Read Next

पछिल्लो दुई महिनामा वैदेशिक लगानीका ७० उद्योग दर्ता हुँदा ६३ वटा चिनियाँ