सेयर बजार सामान्य अंकले बढ्याे, यी हुन धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेकाे छ । पछिल्ला केही दिनयता उच्च अंकले बढेकाे नेप्से परिसूचक आज ७.३२ अंकले बढेर १९३८.३० काे बिन्दुमा राेकिएकाे हाे ।

यसदिन २२७ कम्पनीको ४३ लाख ४६ हजार कित्ता बढी सेयर किनबेच भएकाे नेप्सेले जनाएकाे छ ।
आज १ अर्ब ४६ कराेड रूपैयाँ बराबरकाे सेयर किनबेच भएकाे छ ।
काराेबारमा आएका उपसमूह मध्ये तीनवटाकाे सेयर मूल्य घटेकाे छ भने अन्य उपसमूहकाे बढेकाे छ ।

यसदिन सर्वाधिक शिवम् सिमेन्ट्सको ७ करोड ८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, नबिल बैंकको ५ करोड ६६ लाख, रिडी हाइड्रोपावरको ५ करोड १९ लाख, गोर्खाज फाइनान्सको ३ करोड ९४ लाख र हिमालयन डिस्टिलरीको ३ करोड ८८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कर्पाेरेट डेभलपमेन्ट र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीको सेयर मूल्य ८/८ प्रतिशत बढीले बढेकाे छ ।

आज सबैभन्दा धेरै गुमाउनेमा सबैकाे लघुवित्त वित्तीय संस्था र माहुली लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् । यी कम्पनीकाे सेयर मूल्य साढे ३/३ प्रतिशतले घटेकाे छ ।

गौतमबुद्ध विमानस्थलमा धमाधम थपिँदै विदेशी एयरलाइन्स, कुवेत एयरले पनि नियमित उडान गर्ने Read Previous

गौतमबुद्ध विमानस्थलमा धमाधम थपिँदै विदेशी एयरलाइन्स, कुवेत एयरले पनि नियमित उडान गर्ने

चितवनमा घरजग्गा कारोबारमा गिरावट, महानगरले खुलायो कित्ताकाट Read Next

चितवनमा घरजग्गा कारोबारमा गिरावट, महानगरले खुलायो कित्ताकाट