६ वाणिज्य बैंकको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूले धमाधम गत  आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गर्न थालेका छन् । यसैक्रममा, हालसम्म आधादर्जन वाणिज्य बैंकले लाभांश घोषणा गरेका छ ।

गत आवको नाफाबाट सिटिजन्स बैंक इन्टरनेशनल, कुमारी बैंक, एनसीसी बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गरेका अधिकांश बैंकहरूले नगद लाभांशमा जोड दिएका छन् । नेपाल राष्ट्र बैंकले नगद लाभांश वितरणमा लगाएको सीमा हटाएसँगै बैंकहरूले नगद लाभांश्मा जोड दिएका हुन् ।

लाभांश घोषणा गरेका ६ बैंकमध्ये बैंक अफ काठमाण्डूले सबैभन्दा धेरै २०.९५ प्रतिशत लाभांश घोषणा गरेको छ । यस बैंकले ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

त्यसैगरी, ग्लोबल आइएमईले ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १०.६ प्रतिशत नगद गरी कुल १३.६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

त्यस्तै, एनसीसी बैंकले ३.३७ प्रतिशत बोनस सेयर र ६.६३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत, सानिमा बैंकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद गरी कुल १०.९८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कुमारी र सिटिजन्स बैंकले भने बोनस सेयर दिएक छैनन् । यी दुवै बैंकले नगद लाभांश मात्र घोषणा गरेका छन् । कुमारी बैंकले १२.५ प्रतिशत र सिटिजन्स बैंकले ९ प्रतिशत नगद लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गरेकामध्ये सिटिजन्स बैंकले साधरणसभाबाट समेत पारित गरिसकेको छ भने कुमारी बैंकले साधरण सभाको मिति घोषणा गरी बुकक्लोज तोकेको छ । अरु बैंकले साधरण सभाको मिति तोकेका छैनन् ।

अझै, सिटिजन्स बाहेक अरु बैंकको सेयर किन्दा प्रस्तावित लाभांश पाइन्छ ।

बंगलादेशले नेपालसँग ५० मेगावाट बिजुली खरिद गर्ने Read Previous

बंगलादेशले नेपालसँग ५० मेगावाट बिजुली खरिद गर्ने

५ अर्ब पूँजीको 'कृषि प्रोजेक्ट बैंक' स्थापना हुने, ५१०० जना सेयरधनी रहने Read Next

५ अर्ब पूँजीको 'कृषि प्रोजेक्ट बैंक' स्थापना हुने, ५१०० जना सेयरधनी रहने