काठमाडौं । नेपाल इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्स संचालक समितिको कात्तिक ४ गते बसेको बैठकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशतनगद गरी कुल ८.४२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।
हाल १ अर्ब ३७ करोड चुक्ता पूँजी रहेको इन्स्योरेन्सको बोनस सेयर वितरणपछि चुक्ता पूँजी १ अर्ब ४८ करोड रुपैयाँ पुग्नेछ ।