नेप्सेमा सामान्य गिरावट, सयपत्री हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजारमा सामान्य गिरावट आएको छ । बिहीवार नेप्से परिसूचक १.३८ अंकले घटेर १८४४.१४ अंकमा झरेको हो ।
दशैंपछिको कारोबारको पहिलो दिन उच्च अंकले बढेको बजार त्यसयता लगातार ओरालो लाग्दै आएको छ ।

आज १२१ कम्पनीको १५ लाख ४६ हजार ८५७ कित्ता सेयर ५० करोड ७६ लाख रुपैयाँमा किनबेच भएको छ । यसदिन कारोबारमा आएका १३ वटा उपसमूह मध्ये इनभेष्टमेन्ट,विकास बैंक र ट्रेडिङ बाहेक सबै समूहको परिसूचक घटेको छ ।

आज सबैभन्दा धेरै सेयर कारोबार हुनेमा अभियान लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको बिहीवार ३ करोड ६९ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । यसैगरी, गरिमा विकास बैंक,एभरेष्ट र नबिल बैंकको २ करोड रुपैयाँ बढकिो सेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरे कमाउनेमा सयपत्रि हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यस कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन सबैभन्दा धेरै गुमाउनेमान सेन्चुरी डिबेन्चर र सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् । यी दुवै कम्पनीहरुको सेयर मूल्य ७ प्रतिशत बढीले घटेको छ ।

६२ वर्षपछि श्रीलंकामा विदेशी कम्पनीलाई तेल बेच्न खुला Read Previous

६२ वर्षपछि श्रीलंकामा विदेशी कम्पनीलाई तेल बेच्न खुला

पुल निर्माण अलपत्र पार्ने ५ निर्माण कम्पनी कालोसूचीमा राख्ने तयारी Read Next

पुल निर्माण अलपत्र पार्ने ५ निर्माण कम्पनी कालोसूचीमा राख्ने तयारी