काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।
बिहीबार नेप्सेमा लघुवित्तको ३ लाख ३१ हजार कित्ता साधरण सेयर (आइपीओ) र संस्थापक समूहको ७ लाख कित्ता गरी कुल १० लाख ३१ हजार सेयर सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै आगामी आइतबारदेखि लघुवित्तको सेयर दोस्रो बजारमा कारोबारमा आउने छ । सेयर कारोबारका लागि नेप्सेले DLBS संकेत चिह्न प्रदान गरेको छ ।
लघुवित्तको सेयर कारोबारका लागि नेप्सेले न्यूनतम १४८.६६ रुपैयाँ र अधिकतम ४४५.९८ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकेको छ । यही रेञ्जको बीचमा लघुवित्तको सेयर कारोबार खुल्नेछ ।