काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । गत साता तीव्र उत्ररचढाव देखिएको नेप्सेमा यस साताको पहिलो कारोबार दिन झन्डै १० अंकले घटेको हो ।
आइतबार नेप्से परिसूचक ९.६९ अंकले बढेर १८६०.९४ विन्दुमा पुगेको छ । यसदिन २२१ कम्पनीको ८० करोड ३५ लाख रुपैयाँ बढीको २५ लाख ७४ हजार ७८५ कित्ता सेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये बैंकिङ र उत्पादनमूलक बाहेक अरु सबै समूहको परिसूचक घटेको छ । फाइनान्स समूह सबैभन्दा धेरै १.७८ प्रतिशतले घटेको छ ।
आज एभरेष्ट बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । यसको झन्डै साढे ८ करोडको सेयर किनबेच भएको छ । यसैगरी, गरिमा विकास बैंक पौने ५ करोड र हिमालयन डिस्ट्रीलरी ३ करोड बढीको सेयर कारोबार हुँदै शीर्ष तीनमा रहे ।
झन्डै दोहोरो अंकले घटेको बजारमा आज पिपुल्स पावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।
घट्दो बजारमा आज अभियान लघुवित्तको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।