काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको झन्डै २३ हजार कित्ता संस्थापक (प्रमोटर) सेयर विक्रीमा आएको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका नाममा रहेको २२ हजार ८१४ कित्ता सेयर आजदेखि लिलामीमा ल्याएको हो ।
उक्त सेयरमा बैंकका इच्छुक संस्थापक सेयरधनीले ३५ दिन भित्र आवेदन दिनुपर्नेछ । लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।
संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले बैंकको केन्द्रीय कार्यालय रत्ननगर १, टाँडी, चितवनमा पुग्ने गरी निवेदन दिन सक्नेछन् ।