काठमाडौं । सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको लाभांश प्रयोजनका लागि बुकक्लोज तोकेको छ ।
कम्पनीले साधरण सभा र लाभांश वितरण प्रयोजनका लागि असोज १२ गते बुकक्लोज गर्ने भएको हाे । सो अनुसार असोज ११ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।
कम्पनीले घोषणा गरेको लाभांश पारित गर्न कात्तिक २ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत वर्षको नाफाबाट करसहित ५.२६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
कम्पनीको कात्तिक २ गते हुने साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।