नेप्सेमा लगातार भीषण पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार पहिरो गएको छ । गत बिहीबारदेखि दोहोरो अंकले घट्ने थालेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो ।

४ कारोबार दिनमै नेप्से १४४ अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ३८.१५ अंकले घटेर १८३७.६० बिन्दुमा आइपुगेको छ । यसदिन २३१ कम्पनीको १ अर्ब २२ करोड बढीको ३८ लाख ५६ हजार ५३८ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ३.८३ प्रतिशतले घटेको छ । त्यस्तै, हाइड्रोपावर, विकास बैंक र लगानी समूह पनि ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको साढे ५ करोड बढीको सेयर किनबेच भएको छ ।

आज कालिका पावरका सेयरधनीले सबैभन्दा धेरै ठ्याक्कै प्रतिशत गुमाएका छन् । त्यसैगरी, बरुण हाइड्रो ८.१९, ग्रीन डेभलपमेन्ट बैंक ७.९४, समृद्धि फाइनान्स ६.७२, अपर सोलु ६.६५, नारायणी विकास बैंक ६.५५, सिनर्जी पावर र हिमालयन ऊर्जाको सेयर मूल्य ६.२१ प्रतिशतले घटेको छ ।

वीरगञ्ज नाकामा १७०० नयाँ सवारीसाधन अलपत्र, यस्तो छ कारण Read Previous

वीरगञ्ज नाकामा १७०० नयाँ सवारीसाधन अलपत्र, यस्तो छ कारण

 याङ्ग्री र लार्केको पानी वितरणका लागि ठूला पाइप बिच्छ्याउन सुरू Read Next

 याङ्ग्री र लार्केको पानी वितरणका लागि ठूला पाइप बिच्छ्याउन सुरू