काठमाडौं । माथिल्लो तमोर जलविद्युत् आयोजना निर्माण कार्य २०७९ पुस महिनाबाट सुरू हुने भएको । तमोर सानीमा इनर्जी प्रालिले प्रवद्धन गर्ने माथिल्लो तमोर जलविद्युत् आयोजना यही वर्षको पुस १७ गतेबाट निर्माण सुरू गर्न लागिएको हो ।
तमोर सानीमा इनर्जीका सञ्चालक प्रकृतिराज तिमलसिनाले प्रदेश १ को ताप्लेजुङको तापेथोकमा बन्न लागेको यस आयोजना पीपीए भएपछि फाइनान्सियल क्लोजरको लागि अगाडि बढ्ने बताए । त्यसपछि डिजाइन गरेर कन्ट्रयाकटर मोबिलाइजेसन २०२३ जनवरीमा गर्ने योजना रहेको बताएका हुन् ।
आयोजनाको निर्माण लागत ब्याज सहित ५५ अर्ब १५ करोड १ लाख ३७ हजार रुपैयाँ अनुमान गरिएको छ । ‘पीपीए भएछि डिजाइन गरेर कन्ट्रयाकटरलाई २०२३ को जेनवरीमै मोबिलाइज गर्ने छाँै, ६ वर्ष भित्र निर्माण पूरा गर्ने लक्ष्य रहेको छ,’ तिमलसिनाले भने ।
आयोजनाको मेजर प्रोजेक्टको आउट लेट ताङलुङ गाउँपालिकामा पर्छ भने पावर हाउस फुङलिङ नगरपालिकामा पर्नेछ । ६ वर्षे यो माथिल्लो तमोर आयोजनाको व्यापारिक उत्पादन २०८५ जेठ १९ गतेबाट गर्ने योजना रहेको छ । यसको फाइनान्सियल क्लोजर र पीपीए गर्ने क्रममा २०७९ जेठ १७ गते खरिद विक्री मस्यौदामा ड्राफ्ट साइन भएको थियो । त्यो मस्यौदा अनुरुप सन् २०२८ जुन १ गते यसको व्यापारिक उत्पादन सुरू गर्ने लक्ष्य रहेको छ ।
यस आयोजनाबाट सरकारलाई कति फाइदा ?
यस आयोजनाको जेनेरेसन लाइसेन्स क्षमता २८५ मेगावाट रहेको छ । पीपीए २५५.२८१ मेगावाटको लागि रहेको छ । वार्षिक १४७९.८७ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुनेछ । यस आयोजनाले वर्षेनी कुल १ अर्ब ४७ करोड ९८ लाख ७७ हजार ९३९ किलोवाट विद्युत् उत्वादन गर्ने अनुमान गरिएको छ ।
यसको ड्राइ सिजनमा पिक इनर्जी २६ करोड ५३ लाख १९ हजार ९४२ किलोवाट विद्युत् उत्पादन हुन्छ । ड्राई सिजनको नन् पिकमा १८ करोड ८ लाख ९६ हजार २९० किलोवाट विद्युत् उत्पादन हुनेछ । यसरी ड्राइ सिजनमा कुल ४४ करोड ६२ लाख १६ हजार २३२ किलोवाट विद्युत् उत्पादन हुनेछ । वेट सिजनमा १ अर्ब ३ करोड ३६ लाख ६१ हजार ७०७ किलोवाट विद्युत् उत्पादन हुने छ ।
यस आयोजनाको विजुली उत्पादनबाट सरकारले वर्षेनी ९ अर्ब २८ करोड २ लाख ३० हजार ४१६ रुपैयाँ राजश्व आजमदानी गर्ने अनुमान गरिएको छ । कम्पनीले उत्पादनपछि ड्राइ पिक सिजनमा १०.५५ रुपैयाँमा नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् विक्री गर्नेछ । ड्राइसिजनको नन् पिक इनर्जीलाई ८.४० रुपैयाँमा विक्री गर्ने योजना बनाएको छ । वेट सिजनमा ४.८० रुपैयाँमा उर्जा विक्री गर्ने तिमलसिनाले बताए ।
यस्तो बन्ने छ आयोजना
पिकिङ रन अफ रिभर प्रकारको यो जलविद्युत् आयोजनाको पिकिङ क्यापासिटि ६ घण्टा रहेको छ । यसको स्ट्रक्चरनमा हेडवर्कस, हेडपोन्ड, हेडरेक्स टनेल, सर्ज साफ्ट, ड्रप साफ्ट पेनस्टक, पावर हाउस, टेलरेस टनेल र ट्रान्समिसन लाइन कम्पोनेन्ट रहनेछन् ।
हेडवर्क तापेथोक गाउपालिकाभन्दा अलि पर छ भने त्यसपछि यसलाई डाइभर्ट गरेर वाटर रिजर्भ गरेर साढे ८ किलोको टनेल मार्फत वाटरवे पास भएपछि ४३३ मिटरको नेटहेड अनुसार अन्डरहेड पावर हाउसमा लगिने छ । त्यसबाट विद्युत्ी इभ्याकुएट भएर ढुङगे सबस्टेसनमा जानेछ ।
झण्डै ५ किलोमिटरको ट्रान्समिसन लाइन अप्पर तमोरको जिआईएस स्चिार्जबाट मिडल तमोरको विस्चार्जसम्म निर्माण गर्नुपर्नेछ । त्यसपछि पहिले नै निर्माण भएको मिडल तमोरको ट्रान्समिसन लाइनमार्फत सबस्टेसनसम्म इनर्जि इभ्याकुएट गरिनेछ ।
यो आयोजना सन् २००७ मा सवेक्षण लाइसेन्स दिइएको छ । सन् २०१२ मा वातावरणीय अध्ययन स्विकृत भएको थियो । त्यसपछि २८५ मेघावाट स्वीकृत भएर त्यसको आधारमा विद्युत् विकास विभागलाई विद्युत् उत्पादन लाइसेन्सका लागि निवेदनको आधारमा वि.सं. २०७५ जेठ २६ गते लाइसेन्स प्राप्त गरेको थियो ।