नेप्सेमा लगातार दोहोरो अंकको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । गत बिहीबारदेखि दोहोरो अंकले घट्ने थालेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो ।

३ कारोबार दिनमै नेप्से १०६ अंकले घटेको छ । आइतबार नेप्से परिसूचक ३३.९७ अंकले घटेर १८७६.४१ बिन्दुमा आइपुगेको छ । यसदिन २२९ कम्पनीको १ अर्ब ६० करोड बढीको ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूह सबैभन्दा धेरै ३.२४ प्रतिशतले घटेको छ । त्यस्तै, हाइड्रोपावर समूह पनि ३ प्रतिशतले घटेको छ ।

आज बलेफी हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ७.८५ प्रतिशत गुमाएका छन् । त्यसैगरी, राप्ती हाइड्रो ७.३०, दोर्दी खोला ७.२३, माउन्टेन, युनाइटेड मोदी, दिव्यश्वरी, लिबर्टी इनर्जी र एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

नेपाल र विश्व बैंकबीच ५३ अर्ब ऋण सम्झौता, सडक निर्माणमा खर्च गरिने Read Previous

नेपाल र विश्व बैंकबीच ५३ अर्ब ऋण सम्झौता, सडक निर्माणमा खर्च गरिने

नबिल बैंकले ल्यायो को ‘दशैं तिहार घर कर्जा धमाका’योजना, यस्ता छन् सुविधा Read Next

नबिल बैंकले ल्यायो को ‘दशैं तिहार घर कर्जा धमाका’योजना, यस्ता छन् सुविधा