काठमाडौं । सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । मंगलबार २१ अंकले बढेको नेप्से आज ४७ अंकले बढेको छ ।
बुधबार नेप्से परिसूचक ४७.४४ अंकले बढेर १९८१.४८ बिन्दुमा पुगेको छ । यसदिन २२७ कम्पनीको ४६ लाख १८ हजार ५१६ कित्ता सेयर १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६५० रुपैयाँमा किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छ । यसदिन फाइनान्स र ट्रेडिङ समूहको परिसूचक सबैभन्दा धेरै ५ प्रतिशत बढीले बढेको छ ।
आज सर्वाधिक कारोबार हुनेमा नबिल बैंक रहेको छ । यस कम्पनीको साढे ६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसैगरी, गोर्खाज फाइनान्स,हिमालयन एभरेष्ट इनस्योरेन्स कम्पनी र अपी पावर कम्पनीको ४ करोड बढी रुपैयाँ बराबरको सेयर कारोबार हुँदै शीर्ष चारमा रहे ।
दोहोरो अंकले बढेको बजारमा एक कम्पनीको सेयर मूल्य मात्र सकारात्मक सर्किट लागेको छ । ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।
यसैगरी, युनाइटेड मोदी हाइड्रोपावर, सामुदायिक लघुवित्त र गोर्खा फाइनान्ससको सेयर मूल्य साढे ७ प्रतिशतभन्दा धेरैले बढेको छ ।