बुढानिलकण्ठमा अत्याधुनिक पाँच तारे होटल बन्दै

काठमाडौं । बुढानिलकण्ठमा पाँच तारे होटल खुल्ने भएको छ । कैलाश हस्पिटालिटीले बुढानिलकण्ठमा स्टार होटल सञ्चालनमा ल्याउन लागेको हो ।

२ अर्ब ४० करोड रुपैयाँ लगानीमा बुढानिलकण्ठ हेरिटेज होटल तथा रेष्टुरेन्ट सञ्चालनमा ल्याउन लागिएको हो । उक्त होटलमा १०२ बेड हुने छ । ३०० सिट क्षमता भएको रेष्टुरेन्ट सहितको यो होटल तारे होटलको रुपमा चिनिने छ ।

पर्यटन गन्तव्यस्थलको रुपमा रहेको बुढानिलकण्ठलाई यस होटलले अझै बढि आकर्षणको गन्तव्य बनाउने देखिन्छ । होटल निर्माणले पर्यटन बढाउनुका साथै ठूलो संख्यामा रोजगारी सृजनामा समेत गर्ने भएको छ । सञ्चालनपछि २२० जनालाई रोजगार दिने लक्ष्यसहित बन्दै गरेको यो होटल अत्याधुनिक सुविधा सहित बन्ने छ ।

महानगरको ताकेतापछि धमाधम उठ्न थाल्यो कर, अझै ५० करोड उठान बाँकी Read Previous

महानगरको ताकेतापछि धमाधम उठ्न थाल्यो कर, अझै ५० करोड उठान बाँकी

एनआइसी एशियाको खातामा अब भिसा डाइरेक्ट मार्फत सोझै रकम पठाउन सकिने Read Next

एनआइसी एशियाको खातामा अब भिसा डाइरेक्ट मार्फत सोझै रकम पठाउन सकिने