सिक्लेस हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको आज (बिहान १० बजे)देखि प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला भएको छ ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० अंकित मूल्यका दरले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता सेयर विक्रीमा ल्याएको हो ।

निष्काशित कुल सेयरमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी १० लाख ५८ हजार कित्ता शेयरका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयर खरिदका लागि आवेदन दिनसक्नेछन् । यस आइपीओमा असोज २ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा असोज १२ गतेसम्म आवेदन दिन पाइने छ ।

कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।कम्पनीको आइपीओलाई केयर रेटिङ नेपाले केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको बताउँछ।

एनसेलको दशैं अफर, रिचार्ज गर्दा ४० रुपैयाँसम्म बोनस Read Previous

एनसेलको दशैं अफर, रिचार्ज गर्दा ४० रुपैयाँसम्म बोनस

नलिञ्चोकमा ३२ रोपनीमा हेलिप्याड निर्माण प्रक्रिया थालेपछि स्थानीयवासीको अवरोध Read Next

नलिञ्चोकमा ३२ रोपनीमा हेलिप्याड निर्माण प्रक्रिया थालेपछि स्थानीयवासीको अवरोध