काठमाडौं । सानिमा इक्वीटी फण्डले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आकर्षक लाभांश घोषणा गरेको छ।
सानिमा क्यापिटल संचालक समितिको सोमबार बसेको बैठकले गत वर्षको नाफाबाट इकाईधनीलाई २२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
सानिमा इक्वीटी फण्ड सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित योजना हो । यसको व्यवस्थापक सानिमा क्यापिटल रहेको छ ।