काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।
कम्पनीको सेयर निष्काशन तथा विक्री सनराइज क्यापिटलले आज बिहान साढे ९ बजे आइपीओ बाँडफाँट गरेको हो ।
क्यापिटलका अनुसार गोलाप्रथाबाट ३६ हजार ८५९ जनाले १० कित्ताका दरले सेयर हात परेका छन् भने १८ लाख बढीको भने हात रित्तो भएको छ ।
क्यापिटलका अनुसार आइपीओमा १८ लाख ३८ हजार ७५१ जनाले १ करोड ९९ लाख ७२ हजार ६८० कित्ताको लागि आवेदन दिएका थिए । सोमध्ये १ हजार ३१५ जनाको आवेदन रद्द भएको छ । योग्य १८ लाख ३७ हजार ४३६ जना आवेदकलाई गोलाप्रथामा समावेश गरिएको क्यापिटले जनाएको छ ।
लघुवित्तले भदौ १५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० आइपीओ विक्रीमा ल्याएको थियो ।
हाल ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओपछि १० करोड ९२ लाख ७५ हजार रुपैयाँ पुग्नेछ।
कहाँबाट हेर्ने रिजल्ट ?
कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।
यसैगरी, विक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट र श्रृजनशील लघुवित्तको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।