काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । गत साता ३० अंकले घटेको नेप्से यस साता पहिलो दिनमै दोहोरो अंकले घटेको हो ।
आइतबार नेप्से परिसूचक ११.४७ अंकले घटेर १९२६.२८ विन्दुमा आइपुगेको छ । यसदिन २२१ कम्पनीको ७४ करोड ७२ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।
कारोबारमा आएका १३ उपसमूह मध्ये अन्य बाहेक बाँकी सबैको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर र विकास बैंक समूहको परिसूचक डेढ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ४ करोडको सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक ३ करोड र रिडी पावर पौने ३ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
घट्दो बजारमा आज सानिमा लार्र्ज क्याप फण्डका इकाईधनीले सर्वाधिक ५.३७ प्रतिशत गुमाएका छन् । त्यसैगरी, छ्याङ्दी हाइड्रो ५.३३, नारायणी विकास बैंक, घलेम्दी हाइड्रो र आशा लघुवित्तको सेयर मू्ल्य ४ प्रतिशतभन्दा धेरै घटेको छ ।