काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले इमर्जिङ भेन्चर लिमिटेडमा साढे ६ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
कम्पनीले इमर्जिङ भेन्चरमा संस्थापक सेयरधनीको रुपमा उक्त रकम लगानी गर्ने जानकारी गराएको छ ।
कम्पनीले इमर्जिङ भेन्चर लिमिटेडमा प्रतिकित्ता १०० रुपैयाँका दरले ६ करोड ५० लाख रुपैयाँ बराबरको ६ लाख ५० हजार कित्ता सेयर लगानी गर्ने कबुल गरेको हो ।
कम्पनीले कबुल गरेको उक्त रकम इमर्जिङ भेन्चर लिमिटेडले माग गरेको समयमा भुक्तानी गरिने कम्पनीले जनाएको छ ।
