ङादी ग्रुपको साढे १२ लाख कित्ता सेयर लिलामीमा, न्यूनतम भाउ कति ?

काठमाडौं । ङादी ग्रुप पावरको साढे १२ लाख कित्ता सेयर लिलामीमा आउने भएको छ । कम्पनीले असोज २ गतेदेखि सर्वसाधारण समूहको १२ लाख ५७ हजार २९० कित्ता सेयर लिलामीमा ल्याउने भएको हो ।

कम्पनीले गत साउन १८ गतेदेखि १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर विक्रीमा ल्याएको थियो । सोमध्ये ९३ लाख ४६ हजार ६९६ कित्ताका लागि मात्र आवेदन परेको थियो । नबिकेको १२ लाख ५७ हजार २९० कित्ता सेयर लिलामीमार्फ विक्री गर्न लागेको हो ।

इच्छुक लगानीकर्ताले असोज १३ गतेसम्म आफूले लिन चाहेको सेयर संख्या र मूल्य खुलाइ आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सेयरको मूल्य न्यूनतम १०० रुपैयाँ नघटाइ आवेदन दिनु पर्नेछ ।

लिलामी सेयरमा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर, नक्साल, सिद्धार्थ बैंक लिमिटेडका शाखा कार्यालयहरु विराटनगर, विर्तामोड, वीरगञ्ज , जनकपुर, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट पनि आवेदन दिन सकिने छ ।

जग्गा प्राप्तिमै अल्झियो मझगाउँ विमानस्थलको काम Read Previous

जग्गा प्राप्तिमै अल्झियो मझगाउँ विमानस्थलको काम

लाइसेन्समा मद्रास सेक्युरिटीको बदमासी, ७० करोड लिएर गरेन काम Read Next

लाइसेन्समा मद्रास सेक्युरिटीको बदमासी, ७० करोड लिएर गरेन काम