हाइवे निर्माणमा ठेकेदारको लापरवाही, ठेक्का लागेको दुई वर्षमा १४ प्रतिशत काम

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने कंचनपुर–कमला सडकखण्डको स्तरोन्नतिको ठेक्का म्याद सकिन १३ महिना मात्रै बाँकी रहेको छ । वि.सं. २०७७ कार्तिक १३ गतेदेखि स्तरोन्नतीको काम सुरु हुने गरी सम्झौता गरिएको आयोजनाको काम २०८० कार्तिक ११ गतेसम्म सम्पन्न गनु पर्नेमा आसातीत काम हुन सकेको छैन ।

कुल ८६.८२ किलोमिटर लम्बाई रहेको यस सडक ४ लेनमा स्तरोन्नती सहित कालोपत्रे गर्ने लक्ष्य रहेको छ । हालसम्म यसखण्डमा १४.०५ प्रतिशत मात्र भौतिक प्रगति भएको सडक विभागका प्रमुख अर्जुनजंग थापाले जानकारी दिए ।

उनका अनुसार यस आयोजनामा हालसम्म कुल बजेटको ८.८९ प्रतिशत भुक्तानी भइसकेको छ । यस अनुसार आयोजनामा २ अर्ब ५० करोड रुपैयाँ खर्च भइसकेको छ । जुन मोबिलाइजेसनको समयमा भुक्तानी गरिएको थियो । भ्याट सहित १५ अर्ब ६६ करोड रुपैयाँ मा निर्माण सम्पन् गर्ने गरी चिनीया कम्पनी चाइना रेलवे इन्जीनीयरिङ ग्रुप करपोरेसन (सिआरईजीसी) ले ठेक्का लिएको थियो ।

आयोजनाको स्तरोन्नतीका लागि सम्झौता भए लगतै कोभिड १९ सुरु भएका कारण निर्माणले गति लिन नसकेको एशियाली विकास आयोजनाका आयोजना निर्देशक राकेश महर्जनले बताए । उनका अनुसार कोभिडका कारण सुरुको ८ महिना केही काम सुरु हुन सकेको थिएन । कोभिडका बेला आयोजनाका १३ जना संक्रमित समेत भएका थिए ।

‘आयोजना सम्झौता भए लगतै कोभिड १९ सुरु भयो, त्यसले गर्दा चिनीया कामदार धेरै संक्रमित भए जसले गर्दा काम ठप्प भयो,’ महर्जनले चाणक्यपोष्टसँग भने ।

उनले उक्त कम्पनीले चालु आर्थिक वर्षमा ३५ देखि ४० प्रतिशतसम्म सडक कालोपत्रे गर्ने कार्यक्रम पेस गरेको बताए । उनले हाल बर्खाका कारण काम नभएकाले कार्तिक लगतै चाडपर्व सकिएपछि कामले गति लिने बताए । निर्माण कम्पनीले कमला कन्चनपुरमा चालु आवभित्रै कालोपत्रे गरि सक्ने योजना बनाएको उनले बताए ।

उक्त खण्डमा ५४ वटा पुल निर्माण गरिने छ । ८ वटा अन्डरपास निर्माण गर्नुका साथै २ वटा फ्लाईओभर निर्माण गरिनेछ ।

सेयर बजार र बीमालाई पूर्वाधार निर्माणमा जोड्ने सरकारी तयारी Read Previous

सेयर बजार र बीमालाई पूर्वाधार निर्माणमा जोड्ने सरकारी तयारी

भैरहवा विमानस्थलबाट किन हुन सकेन कार्गो ढुवानी ? Read Next

भैरहवा विमानस्थलबाट किन हुन सकेन कार्गो ढुवानी ?