काठमाडौं । सेयर बजारमा झिनो अंकले सुधार आएको छ । साताको पहिलो दिन सेयर बजार ६.६८ अंकले बढेर १९७७.३० को बिन्दुमा पुगेकोे हो ।
शुक्रबार नेप्से १.६७ अंकले घटेर १९७०.६२ विन्दुमा आइपुगेको थियो ।
नेप्सेका अनुसार आइतबार २२७ कम्पनीको १ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ बराबरको २८ लाख ७६ हजार कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ४ समूहको परिसूचक घटेको छ भने ९ समूहको बढेको छ ।
यसदिन रिदि पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ८ करोड ९१ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
त्यस्तै, नेपाल दुरसंञ्चार र नबिल बैंकको ६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
झिनो अंकले बढेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । रुरु जलविद्युत आयोजना र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।
रुरु आयोजनाका सेयर लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् भने हिमालयन एभरेष्ट इन्स्योरेन्सका लगानकिर्ताले ९ प्रतिशत बढीले कमाए । आज सबैभन्दा धेरै सेयर मूल्य घट्ने कम्पनीमा सर्पोट लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीका लगानीकर्ताले २ प्रतिशत बढीले गुमाएका छन् ।