नेपाल पुनर्बीमाको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको ५.२६ प्रतिशत लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनी प्रस्तावित लाभांश पारित गर्न साधरण सभा प्रयोजनाका लागि भोलि (भदौ १९ गते) बुकक्लोज मिति तोकेको छ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम रहने सेयरधनीले गत वर्षको लाभांश पाउने छन् ।

कम्पनीले आव २०७७/७८ को वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् । कम्पनीको साताैं वार्षिक साधरण सभा भदौ ३० गते कार्की बैंक्वेट, बबरमहलमा हुँदैछ ।

सिविफिन-नाफिज बैंकिङ पत्रकारिता पुरस्कार प्रदान गरिने Read Previous

सिविफिन-नाफिज बैंकिङ पत्रकारिता पुरस्कार प्रदान गरिने

निगमले बढायो डिजेल र मट्टीतेलको भाउ, प्रतिलिटर कति पुग्यो ? Read Next

निगमले बढायो डिजेल र मट्टीतेलको भाउ, प्रतिलिटर कति पुग्यो ?